२४ कात्तिक २०८३, मङ्गलबार

पत्रकार खिलानाथ दाहाल सम्मानित

२०७८ मंसिर २६, आईतवार
पत्रकार खिलानाथ दाहाल सम्मानित

काठमाडौं : विगत लामो समयदेखि सहकारी पत्रकारितामा क्रियाशिल पत्रकार खिलानाथ दाहाल सम्मानित हुनुभएको छ । काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघले ७ औं बार्षिक साधारण सभामा अवसरमा उहाँलाई सम्मान गरेको हो ।

प्रवर्तमान सहकारी मासिक, वर्तमान सहकारी मासिक, मेरो एफ.एम. हुँदै उहाँ हाल सहकारीअखबार डटकममा आवद्ध हुनुहुन्छ । उहाँ नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को समेत अध्यक्ष हुनुहुन्छ ।

पत्रकारिताको माध्यमबाट नेपालको सहकारी क्षेत्रको विकास र प्रवर्धनमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै संघले सम्मानित गरेको हो ।

अभिलेख

लोकप्रिय