मुनाल साकोसको १५औं साधारणसभा सम्पन्न, १५% लाभांश पारित
काठमाडौं : काठमाडौं–२६, सामाखुशीमा प्रधान कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उत्तमबहादुर के.सी.को समापतित्वमा सम्पन्न साधारण सभामा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष उत्तमबहादुर के.सी., सचिव देवकुमार श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी ३ करोड ३६ लाख १० हजार ७ सय रहेको छ । संस्थाका एक हजार ८ सय ५८ जना सदस्य आवद्ध भएका छन् । यस अवधिमा संस्थाको जगेडा र अन्य कोषहरुमा १ करोड २९ लाख ९२ हजार ६ सय ३६ रुपैयाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो । त्यस्तै संस्थाले ३२ करोड ७७ लाख ३१ हजार निक्षेप संकलन गरी ३६ करोड ४२ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
साधारण सभाले सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै संस्थाको आफ्नै भवन निमार्ण गर्ने सम्बन्धी प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले अझैपनि सदस्यहरुलाई सहकारी बुझाउन बाँकी रहेको बताउनुभयो । संस्थाको शिक्षा उपसमितिलाई कृयाशिल बनाई सहकारी शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई थियो । धेरै सहकारीमा सदस्य बन्नुभन्दा पनि एउटै सहकारीबाट कारोबार गर्न सदस्यहरुलाई उहाँको अनुरोध थियो ।
त्यस्तै बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । सदस्यहरुको एकताले नै संस्था अमर हुने उहाँको भनाई थियो ।
संस्थाले प्रधान कार्यालय सहित ५ वटा कार्यालयबाट सदस्यलाई वित्तीय तथा सामाजिक सेवा प्रदान गर्दै आएको छ । संस्थाले तारकेश्वर–८, जरंखु, बागबजार, नागार्जुनको देवनगर र नयाँ बानेश्वरमा सेवा केन्द्र स्थापना गरी सदस्यलाई विभिन्न सेवा प्रवाह गरिरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
