१८ भदौ २०८३, बिहिबार

मेगा ड्रिम सहकारीको ११औं साधारण सभा सम्पन्न, कुल कारोबार १ अर्ब ७१ करोड माथी

२०७८ मंसिर २५, शनिवार
मेगा ड्रिम सहकारीको ११औं साधारण सभा सम्पन्न, कुल कारोबार १ अर्ब ७१ करोड माथी

काठमाडौं : बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि नेपाल सरकार सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारी रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी रजिस्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत अतिथिहरुको विशेष उपस्थिती रहेको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८ ०७९ को लागि सञ्चालक समितिले पारित नीति, अनुमानित बजेट तथा कार्ययोजना र लेखा समितिका संयोजक राजकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसम्वत रुपले पारित गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले बृद्धि भई १३ करोड ८० लाख ३९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै बचत निक्षेपमा २५ प्रतिशतले बृद्धि भई आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाले १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको थियो । जुन अघिल्लो आ.व.को तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै संस्थाको जगेडा कोष र अन्य कोषहरुमा ४ करोड ७३ लाख, कर्जा जोखिम कोषमा ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७३ करोड १७ लाख रुपैयाँ कुल कारोबार गरेको साधारण सभामा जानकारी गराईएको थियो ।

आर्थिक वर्ष २०७८ ०७९ को लक्ष्य
सेयर पुँजी : १६ करोड २१ लाख
बचत संकलन : १ अर्ब ४४ करोड
कर्जा लगानी : १ अर्ब ६३ करोड
सेयर सदस्य : १० हजार ८ सय ५०
मोबाईल बैकिङ प्रयोगकर्ता : ४ हजार ६ सय ५०
एटिएम प्रयोगकर्ता : १ हजार
कुल आम्दानी : २८ करोड ४९ लाख ६६ हजार
कुल खर्च : २३ करोड २४ लाख ६६ हजार
मुनाफा (कोष कट्टी अघि) : ५ करोड २५ लाख

 

मेगा ड्रिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा महाशंकर रेग्मी

अभिलेख

लोकप्रिय