सहकारीकर्मी दक्ष पौडेलको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा सहकारकर्मी दक्ष पौडेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष भएर काम गरिसकेका पौडेलले खसआर्य तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएका छन् । कांग्रेसलाई आम कांग्रेसजनको भरोसायोग्य पार्टी बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । ‘कांग्रेसको राजनीतिबाट मुलुकको रुपान्तरणमा योगदान गर्ने अठोट लिएको छु,’ पौडेलले भन्नुभयो, ‘पार्टी भित्र रहेर सुदृढ संगठन बनाउन पहल गर्नेछु ।’
पौडेलले कांग्रेसको सन्तनेता कृष्ण प्रसाद भट्टराईसँग पनि लामो समय सहकार्य गरेर काम गर्नुभएको थियो। बागलुङको अमलाचौरमा राजनीतिक परिवारमा जन्मिएका पौडेले सामाजिक, राजनीतिक, सहकारी क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । पौडेल २०४३देखि २०४९सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेको समेत अनुभव छ । सरस्वती क्याम्पस काठमाडौंमा नेविसंघको संगठन गरेर सक्रिय राजनीति सुरु गर्नुभएका पौडेल पञ्चायत विरोधी अभियानमा संलग्न भएको आरोपमा पौडेलका पिता भिमनाथ शर्माको हत्या भएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ७बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका पौडेल १३ औं महाधिवेशनमा पनि महासमिति सदस्य थिए ।
पौडेलले कोभिड १९को संक्रमणको बेला काठमाडौं लगायत बागलुङमा पनि विरामीको उपचारमा सहयोग, अस्पतालमा अक्सिजन ग्यास, कोभिडका विरामीको उपचारमा सहयोग लगायतका काम गर्नुभएको थियो। लामो समयदेखि सामाजिक काममा सक्रिय युवा उद्यमी समेत रहेका पौडेलले नेपाली कांग्रेसका आम कार्यकर्ताको सुख दुःखमा साथ दिँदै आउनुभएको छ । उहाँ हाल हब कोअपरेटिभका समेत अध्यक्ष हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
