१५ सहकारी मिलेर बनाए खराब ऋणीको विवरण आउने सफ्टवेयर
ललितपुर : यल अन्तर सहकारी समन्वय समितिले ५ औं स्थापना दिवस एक कार्यक्रमको बीच मनाएको छ ।
समितिका संयोजक तथा सर्वेश्वर साकोसका अध्यक्ष नविन महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यतामा रहेको थियो ।
यल अन्तर सहकारी समन्वय समितिमा १५ वटा सहकारी संस्था आवद्ध छन् । यस समितिले सहकारी संस्थाहरु बीच समन्वय, प्रवद्र्धनको काम गर्दै आएको छ ।

समितिको स्थापना दिवसको अवसरमा खराब ऋणीको विवरण दिने सफ्टवेयर समेत सुरु गरेको छ । सफ्टवेयरमा सहकारीका ऋणी सदस्यको विवरण हुने समितिका संस्थापक अध्यक्ष तथा माँ बंगलामुखी सहकारीका अध्यक्ष अधिवक्त लक्ष्मण महर्जनले जानकारी दिनुभयो । एउटै व्यक्ती धेरै सहकारीबाट ऋण लिने र नतिर्ने प्रवृती बढेका कारण सफ्टवेयर निर्माण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रामहरि बजगाईंले राज्यले गर्नुपर्ने काम सहकारी संस्थाहरु मिलेर गरेकोमा प्रशंसा गर्नुभयो । सहकारी अभियानले यसले नेतृत्व लिन नसकेकोमा पिडा व्यक्त गर्दै राज्य स्तरबाटै यस्ता काम गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार