आबद्ध साकोसको सेवा केन्द्र अर्जुनधारामा, नयाँ सञ्चालकले लिए सपथ
झापा : आबद्ध बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित सन्चालक समितिको सपथ ग्रहण तथा अर्जुनधारा सेवाकेन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
अर्जुनधारा-९, गोल्धापमा स्थानिय समाजसेवी तथा जेष्ठ नागरिक प्रकाश नेपालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा ९ का वडा अध्यक्ष पुष्प प्रसाईको प्रमुख आतित्यथा रहेको थियो ।

संस्थाको मिति २०७८ साल मंसिर ११ गते सम्पन्न नवौँ बार्षिक साधारणसभा बाट नन्दमान भट्टराई (नरेश) को अध्यक्षता सन्चालक समिति र सृजना खतिवडाको संयोजकत्वमा शहनलाल राजबंशी र गोपाल चौहान सदस्य रहने गरि लेखा समिती चयन भएको थियो ।
निर्वाचन समितिका संयोजक पर्शुराम बुढाथोकीले सन्चालक समितिका अध्यक्ष नन्दमान भट्टराई र लेखा समितीलाई सपथ ग्रहण गराउनुभएको थियो भने बाँकी निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष भट्टराईले सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवि तथा राजनीतिज्ञ युबराज प्रसाईं, स्थानिय समाजसेवी नरेन्द्र राई, न्युटन बोर्डिङका पृन्सिपल देवेन्द्र हुमगाईको विशेष आतिथ्य मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाईले संस्थाको सेवाकेन्द्र उद्घाटन रिबन काटेर गर्नुभएको थियो ।
कार्यक्रममा दशरथ पराजुली हिरामत शाह लोकबहादुर कार्की सुनिल थापा, लबकुमार चौधरी,मनोज गोम्देन, नर प्रसाद उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अच्युत दाहल, पुष्प प्रसाईं, प्रकाश नेपालले नवनिर्वाचित समिति तथा सेवाकेन्द्रलाई उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने संस्थाका अध्यक्ष नन्दमान भट्टराईले संस्थालाई झापा मा नै एउटा सक्षम र अब्बल सहकारीको रुपमा आबद्ध सहकारिलाई परिचित गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
संस्थाका ब्यबस्थापक पर्बत चिमरियाले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष शान्ता भट्टराई ले स्वागत तथा उपाध्यक्ष राजन वाग्लेले कार्यक्रम माथी प्रकाश पार्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार