१९ भदौ २०८३, शुक्रबार

सहकारी बैंक र अनुसन्धानकर्ता बीच `शोध प्रबन्ध अनुसन्धान अनुदान´ सम्झौता

२०७८ मंसिर १५, बुधबार
सहकारी बैंक र अनुसन्धानकर्ता बीच `शोध प्रबन्ध अनुसन्धान अनुदान´ सम्झौता

ललितपुर : राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रमा अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्यसहित शोध प्रबन्ध लेख्नको लागि छनौट भएका विद्यार्थीहरुसँग सम्झौता गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको बीच सम्झौता भएको हो । शोध प्रबन्ध अनुसन्धान अनुदान प्राप्त गर्नेमा स्नातकोत्तरतर्फ प्रतिक नाथ पन्त र विद्यावारीधितर्फ अजिता देवि शर्मा रहनुभएको छ।

पोखरा विश्वविद्यालय अन्तर्गत एपेक्स कलेजमा अध्ययनरत पन्तले Credit Risk Management in Cooperative Organization in Nepal र त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा अध्ययनरत शर्माले Women Empowerment Through Cooperatives विषयमा शोध अनुसन्धान गर्दै हुनुहुन्छ ।

कार्यक्रममा छनौट भएका शोधार्थीहरुले आफ्नो शोध प्रबन्ध अनुसन्धानको बारेमा जानकारी गराउँदै बैंकले अनुसन्धानमा गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, संचालक एंवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिम्सीना भट्टराई, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले शुभकामना दिनुभएको थियो । कार्यक्रममा बैंकको उच्च व्यवस्थापनका कर्मचारीहरु, सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्ष काजी श्रेष्ठ लगायत उपस्थिती रहेको थियो ।

कार्यक्रममा बैंककता अध्यक्ष उप्रेतीले शोध प्रबन्ध अनुसन्धानको लागि अनुदान दिन बैंकले शुरुवात गरेको बताउनुभयो । यस कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सफल रिसर्च कार्यलाई शुभकामना दिनुहुँदै अनुसन्धानमा केही समस्या आएमा बैंकले सहयोग गर्ने बताउनुभयो ।

अभिलेख

लोकप्रिय