चन्द्रागिरि साकोस आधुनिक प्रविधि युक्त कोर बैंकिङ सिस्टममा आबद्ध
काठमाडौं : थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आधुनिक प्रविधि युक्त कोर बैंकिङ सिस्टम प्रयोगमा ल्याएको छ । संस्थाले प्रिमियम टेक्नोलोजी प्रा.लि.द्वारा निर्मित प्रिमियम सिविएस प्रयागमा ल्याएको हो ।
संस्थाले पुरानो सफ्टवेयर अपडेट गरेर नयाँ सेवासहितको सफ्टवेयर प्रयोगमा ल्याएको हो । संस्थाले प्रयोग गरेको सफ्टवयर क्लाउड बेस भएको र पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै नयाँमा सार्न सफल भएको प्रिमियम सिविएसका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताउनुभयो ।
अब संस्थामा घरबाटै खाता खोल्ने र ऋण माग गर्ने लगायतका सम्पूर्ण सेवा लिन सक्ने उहाँको भनाई छ । सफ्टवेयर माइग्रेसन गर्दा सहजै गर्न सकिने र सदस्यको खाता नम्बर पनि परिवर्तन नहुने कम्पनीले जनाएको छ ।
संस्थाले नयाँ सफ्टवयर अपडेटसँगै सदस्यहरुलाई सेवामा पनि थप हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रागिरि साकोसका सदस्यहरुले आफ्ना सबै सेवा केन्द्रमार्फत सेवा प्राप्त गर्न सक्ने उहाँको भनाई छ ।
सहकारीका सदस्यहरुले अब यो अपडेटमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
