२४ कात्तिक २०८३, मङ्गलबार

आइसीए एपी क्षेत्रिय बोर्ड सदस्यमा मिनराज कँडेल विजयी

२०७८ मंसिर १४, मङ्गलबार
आइसीए एपी क्षेत्रिय बोर्ड सदस्यमा मिनराज कँडेल विजयी

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको क्षेत्रिय बोर्ड सदस्यमा निर्वाचित हुनुभएको छ । आइसीए एपीको आज (नोभेम्बर ३०) मा भएको निर्वाचनमा कडेल निर्वाचित हुनुभएको हो ।

उहाँले पाँचौं सर्वाधिक मत प्राप्त गर्दै आइसीए एपीमा निर्वाचिन हुनुभयो । त्यसैगरी भारतका चन्द्रपाल सिंह यादव आइसीए एपीको अध्यक्षमा निर्वाचित हुनुभएको छ । चिनका जेनहोङ र मलेसियाका डाटो डा. अब्दुल फताह अबदुल्लाह उपाध्यक्षमा निर्वाचित हुनुभयो ।

यस अघि आइसीए एपीमा केशव बडाल संचालक समितिमा हुुनुहुन्थ्यो । मिनराज कडेल २/२ वर्ष एसियाली ऋण महासंघको प्रथम र द्धितिय उपाध्यक्ष समेत भैसक्नुभएको छ ।

अभिलेख

लोकप्रिय