सकियो चौथो ललितपुर साकोस समिट, ११ बुँदे घोषणापत्र जारी
गोदावरी, ललितपुर
११ बुँदे घोषणा पत्र जारी गर्दै चौंथो ललितपुर साकोस समिट २०७८ गोदावरीमा सम्पन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना भएको सम्मेलन बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ, दिगो एवम् मर्यादित बनाउने उद्देश्यसहित समापन भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको समिटको समापन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आज भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न समिटले साकोस अभियानलाई मार्गनिर्देशित गर्ने गरी घोषणा पत्र जारी गरेको हो ।
उक्त घोषणा पत्र अभियानको शीर्ष निकाय, विषयगत केन्द्रित निकायसँगै नियामक निकायलाई पनि बुझाइने जानकारी समापन कार्यक्रममा गराइएको थियो । ४ वटा समूहमा विभक्त गरी सहभागीहरुको सुझावहरु समेतलाई आधार गरी ११ बुँदे घोषणा पत्र जारी गरिएको हो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
