सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक भोली बस्दै, ब्याजदर बढाउन दबाब !
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक भोली बस्ने भएको छ । समितिका संयोजक सहकारी विभागका रजिष्ट्रारले बैठक भोली ३ बजेको लागि डाकेका छन् । यस पटक सहकारीको ब्याजदर बढाउन बजारको दबाब छ ।
पछिल्लो समय बजारमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएका छन् । जसको प्रत्यक्ष असर सहकारीले पनि भोगेको छ । कतिपय सहकारी लगानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।
सहकारी संस्थाहरुले ब्याजदर बढाउन सहकारी महासंघ, नेफ्स्कून, सहकारी बैंकलाई चर्को दबाब दिन थालेको छ ।
बजारमा देखिएको तरलता अभावका कारण सहकारीको पैसा बैंक तथा वित्तीय संस्थामा जान थालेको छ । सहकारीमा हाल कायम सन्दर्भ ब्याजदर (१४.७५ प्रतिशत) का कारण सहकारीलाई समस्या परेको सहकारीकर्मीहरुले बताएका छन् । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ११ देखि १२ प्रतिशतसम्म ब्याज प्रदान गर्ने स्किम ल्याएको छ । जबकी सहकारीले १४.७५ प्रतिशत भन्दा बढी कर्जाको ब्याज लिन पाउँदैन ।
ऋणमा लगाईएको क्याप र बैंकहरुले मुद्दती निक्षेपमा बढाएको ब्याजको चेपुवामा सहकारी परेको छ ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईका अनुसार सहकारीको ब्याजदर १६ प्रतिशत कायम गर्दा उपयुक्त हुने बताउनुहुन्छ । निक्षेप संकलन र कर्जा प्रवाह बीचको सन्तुलन मिलाउन ब्याजदर बढाउनुपर्ने उहाँको भनाई छ । बजार अनुसार तत्काल सन्दर्भ ब्याजदर बढाउनुपर्ने र विस्तारै सहकारी ऐन, नियमावलीमा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था परिमार्जन गर्नुपर्ने उहाँको भनाई छ । बचत तथा ऋणको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) भन्दा पनि आधार ब्याजदर कायम गर्नुपर्ने उहाँको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार