२४ कात्तिक २०८३, मङ्गलबार

ललितपुर साकोस समिट–२०७८ को तयारी पुरा

२०७८ मंसिर ७, मङ्गलबार
ललितपुर साकोस समिट–२०७८ को तयारी पुरा

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भोलिबाट सुरु हुने चौथो ललितपुर साकोस समिट–२०७८ को तयारी पुरा भएको छ ।

मंसिर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा आयोजना हुने समिटको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिनुभयो ।

उपराष्ट्रपति नन्दकुमार पुन पासाङले उद्घाटन गर्ने उक्त कार्यक्रममा सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश र स्थानीय तहका ऐन, नियमावली, विभिन्न मापदण्ड, निर्देशन, सम्पत्ति शुद्धिकरणका विषयमा सहभागिहरुलाई प्रशिक्षित गराउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले सहजिकरण गर्ने भएका छन् । सहकारी अभियानमा देखिएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै सुशासनयुक्त संस्थामार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थालाई जोड्न यसले मद्दत पुग्ने अध्यक्ष बजगाईंको भनाई छ ।

साकोस भित्रका संस्थागत समस्याहरुको सम्बोधन भई संस्थाहरुलाई सुदृढिकरण गरी दिगो र स्वस्थ संस्था बनाउन ललितपुर साकोस समिट महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

 

अभिलेख

लोकप्रिय