२४ कात्तिक २०८३, मङ्गलबार

विकू बचतको कुल सम्पत्ति ३९% ले बढेर ७ अर्ब ८८ करोड नाघ्यो

२०७८ मंसिर ६, सोमबार
विकू बचतको कुल सम्पत्ति ३९% ले बढेर ७ अर्ब ८८ करोड नाघ्यो

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति ३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तसम्ममा कुल सम्पत्ति गत वर्षको तुलनामा करिब ३९ प्रतिशतले बढेर ७ अर्ब ८८ करोड ३७ लाख ३९ हजार ६सय ४६ रुपैयाँ पुगेको छ ।

२०४८ साल भाद्र ५ गते तत्कालीन विजय युवा क्लब (हाल विजय विकास स्रोत केन्द्र) को विशेष पहल र अग्रसरतामा २६ जनाबाट दैनिक ५० पैसा बचतबाट स्थापना भएको संस्थाको शेयर पुँजी र अन्य कोषहरूमा करिब १ अरब ३० करोड रुपैयाँ पुगेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ६७ करोढ ५३ लाख ६७ हजार ४६ रुपैयाँ कुल आम्दानी गर्न सफल भएको थियो । सोही अवधिमा ४७ करोड १७ लाख ५७ हजार १ सय ३२ रुपैयाँ खर्च गरी २० करोड ३६ लाख ९ हजार ६ सय २६ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

संस्थामा ८१ हजार ७ सय ७१ जना सेयर सदस्यको ६८ करोड ६५ लाख ६ हजार ४ सय सेयर पुँजी रहेको छ । त्यस्तै कुल निक्षेप संकलन ४३ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ८२ लाख ४९ हजार ४ सय ५ रुपैयाँ पुगेको छ ।

अभिलेख

लोकप्रिय