हाम्रो साकोसको २३औं तथा एकीकृत साधारण सभा सम्पन्न, कुल सम्पत्ती १ अर्ब ४८ करोड लाघ्यो
काठमाडौं : ललितपुर लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा तथा एकीकृत साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाललको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल रहनुभएको थियो । त्यस्तै सभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाई लगायतको आतिथ्यता रहेको थियो ।

साधाणर सभाले संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संस्योजक नारायण थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कोषाध्यक्ष विदुरप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट पारित गरेको छ । त्यस्तै साधारण सभाले विभिन्न विषय उपर छलफल गरी पारित गरेको छ ।

संस्थाले कात्तिक २७ गतेबाट साधारण सभा सुरु गरेको थियो । कात्तिक २७ गते महाँकाल गाउँपालिकाको गोटिखेल, ३० गते चापाँगाउँमा सभा सम्पन्न गरेको थियो ।
२०७८ असार मसान्तसम्ममा संस्थामा कुल ५ हजार ९ सय ३२ जना सदस्य आवद्ध भएका छन् । १४ करोड ६५ लाख ७९ हजार सेयर पुँजी रहेको संस्थाले अघिल्लो आ.व.मा १ अर्ब १२ करोड ५२ लाख ८७ हजार रुपैयाँ बचत संकलन गरेको थियो । सोही अवधिमा संस्थाले १ अर्ब १९ करोड ३ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको थियो । त्यस्तै संस्थाको कुल सम्पत्ती १ अर्ब ४८ करोड ९७ लाख ४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

संस्थाले हालसम्म तीन वटा सहकारी एकीकरण सम्पन्न गरिसकेको छ । २०७६ मंसिर ३० गते हाम्रो नमुना बचत तथा ऋण सहकारी, हाम्रो थैली बचत तथा ऋण सहकारी र सेवक बचत तथा ऋण सहकारी संस्था एकीकरण भई हाम्रो बचत तथा ऋण सहकारीको नामबाट कारोबार गर्दै आएको छ । संस्थाले जनजागरण बचत तथा ऋण सहकारी संस्थासँग पनि एकीकरण प्रक्रिया अघि बढाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
