साकोस अभियानलाई उद्यमशीलता र समृद्धिसँग जोड्नुपर्छः नेफ्स्कून अध्यक्ष पौड्याल
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले ३५ लाख नागरिकबीच उभिएको नेफ्स्कूनले सिङ्गो मुलुकको प्रतिनिधित्व गरेको बताउँदै अबको साकोस अभियानलाई उद्यमशीलता र समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ ।
नेफ्स्कूनको ३० औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष पौड्यालले चुनौतीका बेला सहकारी तथा साकोस अभियानको मर्म र गौरब झनै स्थापित भएको दाबी गर्नुभयो । नेपालको साकोस अभियान चुनौतीहरुको सामाना गर्दै अघि बढेको र जहाँ चुनौतीहरु छन् त्यहाँ सम्भावनाहरु पनि बढी हुने बताउनुभयो ।
कोभिड प्रहार सामना गर्न ‘सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य’ को नारासँगै सामाजिक तथा आर्थिक कृयाकलापमा संघ संस्थाहरु अघि बढ्नुपर्छ भनेर नेफ्स्कूनले विभिन्न व्यावसायिक निरन्तरताको योजना लगायत रणनीतिक योजनाहरु अघि सारेको जानकारी गराउनुभयो ।
अध्यक्ष पौड्यालले विषय परिस्थितमा विश्व अभियानपनि नेपालको अवस्थासँग एकाकार भएको बताउँदै कोभिडका ३ चरणहरुको वित्तीय सहकारी क्षेत्रमा परेको प्रभावका बारेमा उल्लेख गर्नुभयो । कोभिडको त्रासका समयमा घरदैलो सेवा, वित्तीय तथा गैर वित्तीय क्रियाकलापमा बचत ऋण सहकारीहरुले बैंकले गर्न नसकेको काम गरेको दाबी उहाँले गर्नुभयो ।
अध्यक्ष पौड्यालले नेफ्स्कूनले डिजिटल फाइनान्सको कुरा अघि सारेको, सामाजिक पुँजीको परिचालनलाई प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । संघले सातै प्रदेशमा बिस्तारित मञ्चहरुबाट सदस्य संघ संस्थाहरुको राय परामर्श सुझाव लिएर सातै प्रदेशका नियामक निकायहरुसँग बसेको जानकारी उहाँले गराउनुभयो ।
साकोस अभियानको भविष्य निर्माणका दुईवटा पाङग्रा स्तरीकरण र स्थिरीकरणको बारेमा चर्चा गर्दै अध्यक्ष पौड्यालले इआरपी निर्माणको प्रक्रियामा अघि बढेको समेत जानकारी गराउनुभयो । सिङ्गो साकोस अभियानको लागि अत्यन्तै आवश्यक प्रविधिकरणसम्बन्धी इआरपीका सम्बन्धमा सैद्धान्तिक आधार तयार भएको र काुननी र व्यवस्थापकीय आधारका बारेमा छलफल भैरहेको अध्यक्ष पौड्यालको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार