अभियान भित्रका केही खराबीहरु निमिट्याउनुपर्छः रजिष्ट्रार अधिकारी
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी अब फरक ढंगबाट जानुपर्ने, प्राप्त उपलब्धिहरुलाई संस्थागत र भावी समस्या समधानका लागि काम गर्नुपर्ने बताउनुभएको छ । सहकारी अभियान अब स्थायित्व र दिगो मर्यादित बनाउने तर्फ साझा चिन्तन आवश्यक भएको बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मन्तव्य राख्नुहुँदै रजिष्ट्रार अधिकारीले सहकारी अभियान भित्रका केही कमजोरीहरुलाई र कुत्सित् प्रवृत्तिहरु निराकरण गर्न सामूहिक रुमपा लाग्नुपर्नेमा बताउनुभयो ।
‘विभाग र सहकारी संघ मिलेर अभियान भित्रका केही खराबीहरु निमिट्याउनुपर्छ,’ रजिष्ट्रार अधिकारीले भन्नुभयो, ‘ नियतवश, कुत्सित् मनसायलाई बेलैमा पहिचान गरी समाधान गर्नुपर्छ ।’ त्यसका लागि सहकारी अभियानसँग मिलेर अनुगमन गर्न तयार विभाग तयार रहेको उहाँले बताउनुभयो ।
नेफ्स्कून अब परिपक्व संघ भएको बताउँदै सहकारीका मुद्दाहरुलाई संस्थागत गर्ने काममा यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । नेपालको साकोस अभियानको मुद्दा स्थिरीकरण र स्तरीकरण भएकोमा रजिष्ट्रार अधिकारीले जोड दिदैं सशक्तिकरण, उद्यमशीलता प्रवर्धन, नेतृत्व विकास आदि काममा सहकारी र साकोस अभियानको एकदमै महत्वपूर्ण योगदानको करदार गर्न सरकारले कुनै कञ्जुस्याइँ नगरेको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार