१९ भदौ २०८३, शुक्रबार

नेफ्स्कूनको सिईओमा परिक्षा दिएका सबै असफल, प्रकाश पोखरेल नियुक्त गर्ने निर्णय

२०७८ मंसिर ३, शुक्रबार
नेफ्स्कूनको सिईओमा परिक्षा दिएका सबै असफल, प्रकाश पोखरेल नियुक्त गर्ने निर्णय

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले का.मु प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेललाई सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

नेफ्स्कूनले २०७८ असार ३० गते प्रमुख कार्यकारी अधिकृत पद (तह १०) मा खुला आवेदन माग गरेको थियो । संघले साउन २२ गते छोटो सुचि नामवाली प्रकाशन गरेको थियो ।

उक्त छोटो सुचिमा ८ जना सफल भएका थिए । तर, परिक्षा दिएका मध्ये कोही पनि सफल हुन नसकेपछि सम्पूर्ण प्रक्रिया रद्द गरी सञ्चालक समितिले नयाँ ढंगबाट सिईओ नियुक्ती प्रक्रिया अघि बढाएको हो ।

पोखरेलले २०७७ साउन १ गते का.मु. सिईओको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

 

 

अभिलेख

लोकप्रिय