सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच अध्ययन तथा अनुसन्धान सम्झौता
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबिच गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने विषयमा बिहीबार सम्झौता भएको छ ।
महासंघको चालु आ.व. २०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार लुम्बिनी तथा कर्णाली प्रदेशमा सो विषयमा अध्ययन गर्ने विषयमा सम्झौता भएको हो । महासंघका अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको उपस्थितिमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालयकातर्फबाट स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. डा. देवीप्रसाद बेडारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यस अघि महासंघले काठमाडौं विश्वविद्यालयसँग मिलेर प्रदेश नं. १ र र प्रदेश नं. २ मा गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन गरेको थियो । सो सम्झौता कार्यक्रममा महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकको समेत उपस्थिति थियो ।
त्यसैगरी विश्वविद्यालयकोतर्फबाट प्रा.डा. विनोद श्रेष्ठ र उपप्रध्यापक दिपेश कार्कीको उपस्थिति थियो । यस पटक काठमाडौं विश्वविद्यालयले तथ्याङ्क संकलनका लागि मोबाइल एप्सको प्रयोग गर्ने भएको छ । त्यसैगरी सामाजिक न्यायसँग सम्बन्धित प्रश्नावलीलाई समेत अनुसन्धानमा समावेश गरिने भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार