मुख्यमन्त्री पाण्डे अध्यक्ष रहेको सहकारीको साधारण सभा ६ पटकसम्म स्थगित, संस्था ऋणमा चुुर्लुम्म !
काठमाडौं : बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको साधारण सभा ६ पटकसम्म स्थगित गरिएको छ ।
संस्थाको २०७७ पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते १४ औं र १५औं वार्षिक साधारण गर्ने निर्णय गरेको थियो । तर, हालसम्म पनि उक्त साधारण सभा बस्न सकेको छैन । उक्त साधारण सभा छैटौं पटक सम्म सारिएको छ ।
साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन समेत तयार गरी सदस्यको हात हातमा पुर्याईसकेको भएपनि नयाँ समिति विवादका कारण साधारण सभा हुन नसकेको हो । संस्थाको अध्यक्षमा गणेश सिंखडाको दाबी रहेको छ । तर, पुनः अध्यक्ष बन्ने तयारीमा पाण्डे रहेका कारण साधारण सभा पटक पटक सारिएको हो ।
संस्थाको १६औं साधारण सभा समेत गर्ने समय भैसकेको भएपनि १४ औं र १५औं वार्षिक साधारण सभाले पूर्ण रुप पाउन सकेको छैन ।
संस्थाले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । तर, उक्त अस्पताल वर्षेनी करोडौं रुपैयाँ घाटा व्यर्होदै आएको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार पाण्डे सहकारीको अध्यक्ष बन्न पाउँदैन ।
तर, संस्थाले भने २५ पुसमै साधारणसभा गरेको दाबी गरेको छ । सहकारी ऐन तथा नियमावली र संस्थाको विनियमसमेतका आधारमा कानूनबमोजिम प्रक्रिया नपुर्याइ गरिएको साधारणसभालाई मान्यता नदिन केही सदस्यले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले प्रक्रिया पुर्याएर साधारण सभा गर्नु भनेर आदेश दिएको थियो । संस्था स्थापनादेखि नै पाण्डे अध्यक्ष रहेका छन् ।
हाल संस्था साढे दुई अर्ब भन्दा बढी ऋणमा छ । संस्थामा २६ सय जनाको सेयर लगानी रहेको छ । सहकारीले मनमोहन मेमोरियल सामूदायिक अस्पताल, ठमेलमा पनि सञ्चालन गरेको थियो । उक्त अस्पताल गत वर्ष १ कात्तिक २०७७ देखि औपचारिक रूपमा बन्द भइसकेको छ ।
मनमोहन मेमोरियल कलेज परियोजना सञ्चालन गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सात वाणिज्य बैंकले दुई अर्ब १३ करोड एक लाख ९९ हजार ५ सय ८९ रुपियाँ ऋण लगानी गरेका थिए । त्यस्तै सहकारी संस्था तथा व्यक्तिगत लगानी १५ करोड ९७ लाख तीन हजार ५७ रुपियाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थि वर्ष २०७५/७६ मा संस्थाको घाटा पाँच करोड १८ लाख ६४ हजार ६७६ रुपियाँ थियो । आर्थि वर्ष २०७५/७६ मा आइपुग्दा संस्थाले १० करोड रुपैयाँ घाटा व्याहोरेको थियो । हालको अवस्थामा संस्थाको बार्षिक घाटा २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
संस्था ऋणमा भए पनि सम्पत्ती भने प्रसस्त
संस्थाले सञ्चालन गरेको परियोजना (अस्पताल) घाटामा गए पनि संस्थाको सम्पत्ती भने प्रसस्त रहेको छ । संस्थाको काठमाडौंको स्वयम्भूमा अस्पताल भवन सहितको २८.६ रोपनी जग्गा छ । यो जग्गा र भवनको २०१७ नोभेम्बरमा गरिएको मूल्यांकन अनुसार दुई खर्ब ८८ करोड ७१ लाख मूल्यांकन छ । दहचोकमा ६१ रोपनी जग्गासहितको निर्माणाधिन भवन छ ।
काठमाडौंकै दहचोकमा रहेको सम्पत्तिको मूल्यांकन एक अर्ब ३१ करोड २३ लाख रहेको छ । त्यस्तै उक्त संस्थाको नाममा कालिमाटी सोल्टीमोडमा ३२ करोड ८५ लाख मूल्यांकन भएको ४७ आना जग्गासहितको भवन, धादिङको धुनिवेशीमा ११ करोड ६९ लाख रुपियाँ मूल्यांंकन गरिएको १६७ रोपनी जग्गा र झापाको विर्तामोडमा १२ करोड मूल्यांकन भएको ६० कट्ठा जग्गा रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार