सुनौलो आयाम साकोसको अध्यक्षमा सागर लम्साल
काठमाडौं : कलंकी स्थित सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सागर लम्साल चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारण सभाले अध्यक्षमा लम्साललाई निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाका अध्यक्ष भवनाथ लम्सालको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का कोषाध्यक्ष सालिकराम पुडासैनी रहनुभएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंक कलंकी शाखामा प्रमख रामकुमार लिमल्सिना, संस्थाका कानुनी सल्लाहकार ठाकुर रमण आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
नव निर्वाचित संस्थाका अध्यक्ष लम्सालले अबका दिनमा संस्थालाई गतिशिल ढंगले सञ्चालन गरिने बताउनुभयो । चालु आर्थिक वर्षमा संस्थाको सेयर र बचत १०० प्रतिशतले बृद्धि गर्ने योजनाका साथ संस्था अघि बढ्ने उहाँको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
