सहकारीलाई जरिवाना नै जरिवाना
काठमाडौं : बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक सूचना जारी गर्दै सहकारी संघ संस्थालाई कानुनको पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्रदेशको नियमन क्षेत्र भित्र रहेका सहकारीलाई कानुनको अवज्ञा नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले सहकारी दर्ता भएको एक कार्यकाल नपुगी एकिकरण नगर्ने भएको छ । मन्त्रालयले कम्तीमा एक कार्यकाल कुनैपनि सहकारी संघ संस्थासंग एकिकरण गर्न नपाइने जनाएको छ ।
साथै मन्त्रालयले सहकारी संघ संस्था दर्ता गर्न वा अन्य कार्य गर्न विचौलियाको प्रयोग नगर्न भनेको छ । विज्ञप्तीमा संस्था दर्ता गर्दा सम्वन्धित ब्यक्तीहरु आफै आउन र बिचौलिया तथा दलालहरु नपठाउन आग्रह गरेको छ ।
साथै संस्थाको अख्तियारी दिएको पत्रसहित सम्वन्धित संस्थाका संचालक तथा कर्मचारी मात्र पठाउन भनेको छ । मन्त्रालयले सहकारीको ऋण लगानीमा थप कडाइ गर्ने भएको छ ।
मन्त्रालयले सहकारी संघसंस्थाले ऋण लगानी तथा नविकरण शुल्कमा कडाइ गरेको छ । सहकारीहरुले मनपरि ब्याज लिने र छोटो अवधिमा नविकरण गरि नविकरण शुल्क बढी असुल्ने प्रवृतिमाथि अंकुश लगाउने भएको हो ।
सहकारीहरुले सन्दर्भ व्याजदर १४।७५ प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण प्रवाह गरेमा कारवाही गर्ने जनाएको छ । त्यसैगरी ब्याजलाई पुँजीकृत गरेमा र ऋण प्रवाह गर्दा सेवा शुल्क १ प्रतिशत भन्दा बढी लिएमा पनि सहकारीले जरिवाना तिर्नु पर्ने भएको छ।
सहकारीले ऋणलाई नविकरण गर्दा ०।२५ प्रतिशत लिएको पाइएमा ३ लाखसम्म जरिवाना हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी महाशाखामा समयमै विवरण बुझाउन निर्देशन पनि जारी गरेको छ ।
प्रदेश सहकारी ऐन २०७६, सहकारी संघसंस्था दर्ता सञ्चालन अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड २०७७ अनुसार विवरण नबुझाउने सहकारी कारवाहीको भागीदार हुनेछन् । प्रचलित कानुन अनुसार विवरण नबुझाउने सहकारीलाई मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ ।
लेखापरीक्षण प्रतिवेदन, पौस मसान्तभित्र सम्पन्न गरेको साधारणसभाको निर्णयको प्रतिलिपि, जिल्ला विषयगत संघको सदस्य तथा तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि प्रत्येक आवको माघ मसान्तभित्र बुझाईसक्नुपर्ने निर्देशन जारी गरिएको छ ।
लेखा परीक्षण प्रतिवेदन तयार भई साधारणसभाबाट अनुमोदन समेत गरेको, कर चुक्ता भएको तर विवरण नबुझाउने संघसंस्थाको हकमा प्रत्येक आवको बढीमा ६ हजारको दरले जरिवान लाग्ने मन्त्रालयले जनाएको छ ।
लेखा परीक्षण नगर्ने, कर चुक्रा प्रमाणपत्र नलिने तथा साधारणसभा नगर्ने संघसंस्थाको हकमा प्रत्येक आवको वार्षिक १३ हजारका दरले जरिवाना गर्ने मन्त्रालयले जनाएको छ ।
रजिष्ट्रारले प्रचलित सहकारी कानुनको पालना गर्नका लागि दिएको लिखित आदेश अवज्ञा गर्ने सहकारी संघसंस्थालाई पहिलो पटक बढीमा १ लाख र दोस्रो पटक २ लाखसम्म र तेस्रो पटक सोही कसुर गरेमा ३ लाखसम्म जरिवाना हुने छ ।
कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा तथा गैर सदस्यसँग कारोबार गरेमा पहिलोपटक एक लाखसम्म र त्यसपछि दोब्बर जरिवाना गर्दै बढीमा ६ लाखसम्म जरिवाना हुने छ ।
प्रदेश सहकारी सहकारी ऐन २०७६ को दफा १२ को उप दफा ६ बमोजिम सबै सहकारी संस्थाले विषयगत सहकारी संघको सदस्यता लिनुपर्ने छ ।
नयाँ दर्ता भएका सहकारी संस्थाले दर्ता प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र विषयगत संघको सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त समयमा सदस्यता नलिए ५ हजार जरिवाना लाग्ने व्यवस्था गरिएको छ ।
सन्दर्भ व्याजदर १४.७५ प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण प्रवाह गरेमा, ब्याजलाई पुँजीकृत गरेमा, ऋण प्रवाह गर्दा सेवा शुल्क १ प्रतिशत भन्दा बढी लिएमा, ऋणलाई नविकरण गर्दा ०।२५ प्रतिशत लिएको पाइएमा ३ लाखसम्म जरिवाना हुने भएको छ ।
मन्त्रालयमा दर्ता भएका र दर्ता हुँदाका बखत सहकारी अनुशिक्षण तालिम लिएका सदस्यहरु नै रहने गरी कम्तीमा पहिलो एक कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति गठन गर्नुपर्ने छ ।
अनुशिक्षण तालिम नलिएका सदस्यहरुबाट गठित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई मन्त्रालयले मान्यता नदिने घोषणा गरेको छ ।
सदस्यले माग गरेको समयमा सदस्यहरुको निक्षेप फिर्ता नगर्ने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई यथाशीर्घ आवश्यक अनुसन्धान तथा कारवाहीका लागि नेपाल प्रहरी समक्ष लेखिपठाउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमनभित्र रहेका सहकारीले ऋण प्रवाह हुँदा कुन कुन क्षेत्रमा के कति ऋण रकम ९प्रतिशतमा ०समेत ब्याजदरमा लगानी भएको छ भनी उल्लेख गरी ३५ दिनभित्र मन्त्रालयको प्रशासन तथा सहकारी विकास महाशाखामा पठाउनुपर्ने छ ।



अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
