१८ भदौ २०८३, बिहिबार

सहकारीले ऋण नविकरण गर्दा ०.२५ प्रतिशत शुल्क मात्र लिन पाउने

२०७८ कात्तिक २६, शुक्रबार
सहकारीले ऋण नविकरण गर्दा ०.२५ प्रतिशत शुल्क मात्र लिन पाउने

काठमाडौं : बागमती प्रदेश सरकारले सहकारी संस्थाको ऋण लगानीमा थप कडाई गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सहकारी संघ संस्थाले ऋण लगानी तथा नविकरण शुल्कमा कडाइ गरेको हो ।

सहकारीहरुले मनपरि ब्याज लिने र छोटो अवधिमा नविकरण गरि नविकरण शुल्क बढी असुल्ने प्रवृतिमाथि अंकुश लगाएको हो ।

सहकारहिरुले सन्दर्भ व्याजदर १४.७५ प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण प्रवाह गरेमा कारवाही गर्ने जनाएको छ । त्यसैगरी ब्याजलाई पुँजीकृत गरेमा र ऋण प्रवाह गर्दा सेवा शुल्क १ प्रतिशत भन्दा बढी लिएमा पनि सहकारीले जरिवाना तिर्नु पर्ने भएको छ।

सहकारीले ऋणलाई नविकरण गर्दा ०.२५ प्रतिशत लिएको पाइएमा ३ लाखसम्म जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय