२४ कात्तिक २०८३, मङ्गलबार

हाम्रो एकीकृत साकाेसकाे आठौं सेवा केन्द्र भक्तपुरमा

२०७८ कात्तिक १४, आईतवार
हाम्रो एकीकृत साकाेसकाे आठौं सेवा केन्द्र भक्तपुरमा

काठमाडौं : हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आठौं सेवा केन्द्र भक्तपुरमा स्थापना गरिएको छ ।

सेवा केन्द्रकाे उद्घाटन राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाईले गर्नुभएको हाे । उद्घाटनका क्रममा संस्थाका अध्यक्ष परिताेष पौड्यालले संस्थामार्फत सदस्यहरुका सम्पूर्ण वित्तीय समाधानसहित समुदायको नमुना सहकारी बनाउने योजनाका साथ सदस्य सेवा विस्तारमा लागेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, जिल्ला सहकारी संघ, काठमाडौंका उपाध्यक्ष खेमराज सुवृदी, सुर्यविनायक नगरपालीका वडा न २ का वडा अध्यक्ष कमलनाथ आचार्यले शुभकामना मन्तव्यका व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममासंस्थाका उपाध्यक्ष रामहादुर कट्वालले संस्थाको विगत र भावी रणनितिका बारेमा जानकारी गराउनुभएकाे थियाे ।
संस्थाका काेषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नु पर्ने बताउनुभयो । दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तीय सेवा प्रदान गर्नेे जानकारी गराउनुभयो ।

अभिलेख

लोकप्रिय