विकू बचतको पहिलो त्रैमासिक समिक्षा: ९९.९५% उपलब्धीसहित प्रगतिनगर सेवा केन्द्र उत्कृष्ट
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक समिक्षा बैठक सम्पन्न भएको छ । यस अवधिमा भएका कामहरुको समिक्षा गरी संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको संस्थाले जनाएको छ।
बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समसान्दर्भिक विषयको बारेमा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवा केन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो ।

बैठकमा विभागीय तथा सेवा केन्द्र प्रमुखहरुले आ-आफ्नो विभाग तथा सेवा केन्द्रको वर्तमान अवस्था, आगामी लक्ष्य, संभावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा गहकिलो प्रस्तुती पेश गर्नु भएको थियो ।
संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजना सहित धारणा राख्नु भएको थियो । यसैबीच चालु आर्थिक वर्षको लागि सेवा केन्द्रलाई दिईएको वित्तिय लक्ष्य मध्ये ९९.९५ प्रतिशत उपलब्धी हासिल गरी पहिलोे त्रैमासिकमा प्रगतिनगर सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्र हुन सफल भएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार