हाम्रो एकीकृत साकोसको छैटौं सेवा केन्द्र कीर्तिपुरमा
काठमाडौं : स्वंयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले कीर्तिपुरमा छैटौं सेवा केन्द्र स्थापना गरेको छ । उक्त सेवा केन्द्रको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । पौडेल संस्थाको पनि अध्यक्ष हुनुहुन्छ ।
अध्यक्ष पौड्यालले संस्थाले व्यक्ती प्रदान कार्य नगरी सदस्यमुखी सेवा प्रवाह संस्थाले गर्ने बताउनुभयो । संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको उहाँले बताउनुभयो । समुदायमा आधारित नमुना संस्था बनाउने योजना रहेको र सदस्य तथा समुदायको चाहाना बाहिर गएर संस्था संचालन नहुने उहाँको भनाई थियो ।
संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नुपर्ने बताउनुभयो । दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने बताउनुभयो ।
संस्थाले ४ वर्ष अघि ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण गरी पाँच स्थानबाट सेवा प्रवाह गरेको जानकारी दिनुभयो । त्यसैगरी संस्थाले गत वर्ष उपत्यकाभर कार्यक्षेत्र रहेको कृषि सहकारीलाई एकिकरण गरी कीर्तिपुर, भक्तपुर तथा ललितपुरमा सेवाकेन्द्र थप गरिएको बताउनुभयो ।
संस्थाले ललितपुर तथा भक्तपुर सेवा केन्द्रको पनि १३ गते शनिबारसम्म उद्घाटन गरी सेवा दिने तयारी गरेको छ ।
यो वर्ष ६६ करोडको कारोबार र ८ हजार सदस्यलाई सेवा प्रवाह गर्ने योजना संस्थाले बताएको छ । संस्थाले सदस्यहरुलाई वित्तीय शिक्षाका साथै कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने जनाए ।
सेवाकेन्द्र संयोजक अनिता पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष गंगाराम महर्जनलगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो । कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
