सहकारी संस्थामा बचत गर्दैछौं भने यी विषयहरुमा ध्यान दिऔं !
सर्वसाधारणको संस्था : सहकारी बचत संस्था आम उपभोक्ताले जोहो गरी नियमित रूपमा रकम राखेर गर्जो टार्ने अनि भविष्यमा ज्येथा जोड्ने भनेर खोलेको हो ।
सदस्यताको सर्त : संस्थामा सेवा उपयोगकर्ता सदस्य बन्न चाहे कुनै भेदभाव नगरी बनाउनुपर्दछ । सदस्य नबनेसम्म कसैले बचत राख्न वा ऋण लिन मिल्दैन ।
समान अधिकार : जुन सुकै मितिमा सदस्य बनेको भए तापनि सदस्यको कर्तव्य र अधिकार संस्थामा बराबर हुन्छ । कसैले आफूलाई संस्थापक मानी अरु सदस्यलाई ग्राहकजस्तो व्यवहार गर्न पाइदैन । धेरै वा थोरै पैसा राख्ने सदस्य बीचमा कुनै भेदभाव गर्न मिल्दैन ।
स्वशासकीय बन्दोबस्त : संस्थाले महत्वपूर्ण विषयहरु (बचत, ऋण, व्याजदर आदि) मा निर्णय, कार्यान्वयन तथा अनुगमन गर्दा अधिकतम सदस्यहरुको संलग्नता वा सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्दछ ।
स्वउत्तरदायित्व : सदस्यहरु आफैँले आफ्नो र सामूहिक हितका लागि चलाउने भएकाले संस्थाको जस–अपजस पनि सदस्यहरूले नै लिनुपर्ने हुन्छ । आफूले वास्ता नगरे अर्काले मनलागी गर्न पनि सक्दछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार