नमस्ते साकोसको १२औं साधारण सभा सम्पन्न, १ अर्ब १६ करोडको संस्था बनाउने लक्ष्य
नेपागञ्ज : नमस्ते बचत तथा ऋण सहकारी संस्था, बाँकेको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आ.व.०७७/०७८ को प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष ०७८/०७९ नीति, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन रणनीतिसहित साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । महासचिव अधिकारीले नीति र विधिलाई आत्मसात गर्दै सदस्यहरू मैत्री सेवा प्रवाहसँगै साकोस अभियानको महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिनुभयो ।
संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी र राष्ट्रिय सहकारी बैंकका सञ्चालक बिजया धितालको विशेष आतिथ्यतामा, जिल्ला बचत तथा ऋण सहकारी संघ, बाँकेका सचिव प्रेम शाहको पस्थिति रहेको थियो ।

आ.व ०७७/०७८ मा ९७ करोड १८ लाख २२ हजार २ सय ९४ रुपैयाँ कारोबार गरेको संस्थाले आ.व. ०७८/०७९ मा १ अर्ब १६ करोड ५८ लाख २२ हजार २ सय ९५ रूपैयाँको कारोवार पुर्याउने लक्ष्य लिएको छ ।
संस्थाले कार्तिक ४ गते खजुरा, ५ गते कोहलपुरमा ईकाई स्तरीय वार्षिक साधारण सभा सम्पन्न गर्दै ६ गते निर्णयार्थ १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार