किसान सचेतन साकोसको १९औं साधारण सभा सम्पन्न
नवीनकुमार खतिवडा / मैनापोखरी
दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गे स्थित किसान सचेतन बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गणेश बहादुर तमाङको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रममा संस्थाका सचिव बुद्धिमान तमाङ्गले सस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रविण पाख्रिनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वैतेश्वर गाउपालिका कार्यक्षेत्र रहि सेवा पुर्याउदै आएको यस सहकारी संस्थामा हाल ७ सय ७५ जना सदस्य तथा २ करोड २५ लाख ७ हजार ९ सय उनान्चालिस रुपैयाँ कुल पुँजी र शेयर पुँजी १४ लाख ६२ हजार ९ सय रहेको छ ।

संस्थाले बचत ऋणको अलवा सदस्य सुरक्षा कोष योजना, जेहेन्दार विद्यार्थी छात्रवृत्ति, उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिद कर्ता सम्मान, दैवी प्रकोप राहात कार्यक्रम लगाएतका विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संस्थाले सदस्य सुरक्षा कोष कार्यक्रममार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई ५ हजारदेखि ३५ हजार सम्म प्रदान गर्दै आइरहेको छ । साधारण सभा कार्यक्रममा बैतेश्वर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्ण बहादुर दहाल, जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्ण प्रसाद दहाल, गौतम बुद्ध तरकारी उत्पादन सहकारीका अध्यक्ष हर्कमान पाख्रीन लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार