रोयल बहुउद्देश्यीय सहकारीद्वारा सदस्यको बिमा बापतको ६ लाख भुक्तानी
काठमाडौं : बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको बिमा बापतको ६ लाख बढी रकम भुक्तानी गरेको छ । संस्थाले शुक्रबार एक कार्यक्रम बिमा दावी भुक्तानी बापतको ६ लाख ३२ हजार रुपैयाँ बिमकलाई हस्तान्तरण गरेको हो ।
संस्थाको फर्पिङ सेवा केन्द्र अन्तर्गतका सदस्य राम गदेल कामीको एक वर्ष अघि निधन भएको थियो । उहाँले सहकारीमार्फत बिमा गराएका थिए । ३७ वर्षका सदस्य गदेल ज्वरोका कारण मृत्यु भएको थियो । उहाँले रोयल सहकारीसँग सदस्य भएर कारोबार गर्दै आएका थिए ।
बिमा बापत एक किस्ता वापत ५० हजार ३०४ रुपैयाँ बुझाएका गदेलले सहकारी मार्फत बिमा कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक सिताराम काफ्लेले सहकारीले सदस्यको आवश्यकताका आधारमा सेवा दिनुपर्ने बताउनुभयो ।
उहाँले सदस्यलाई संस्थाका हरेक सेवासँग जोड्न सके जीवनको कुनै दिन सदस्य तथा उनमा आश्रित परिवारलाई राहत पुग्ने बताउनुभयो । संस्थाले ३ हजार ७३ जनाको जीवन बिमा गराएको र १ अर्ब दुई करोड बढी बिमा बापतको बिमाङ्क बुझाइसेको जानकारी दिनुभयो ।
अहिलेसम्म ६ जनाको बिमा दावी भुक्तानी गरिसकेको संस्थाले जनाएको छ । संस्थाले नेशनल लाइफ इन्सुरेन्ससँग सहकार्य गरेको छ । संस्थाले कम्पनीका प्रतिनिधिको रोहबरमा संस्थाका अध्यक्ष भानुभक्त ढकाल, प्रबन्ध सञ्चालक सीताराम काफ्ले लगायतले बिमकलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार