सहकारी सुशासनमा सञ्चालन गर्न नसक्दा जेल जानुपर्ने अवस्था आउन सक्छः उप्रेती
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पहिला ठुलो कारोबार हुँदा राम्रो सहकारीमा गनिन्थ्यो तर ठूला सहकारीका सञ्चालक अहिले जेल जानू पर्ने अवस्था सृजना भएको बताउनुभएको छ ।
उपासना महिला बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै अध्यक्ष उप्रेतीले ठूला सहकारीका सञ्चालक जेल जानु पर्ने अवस्था आएकोमा दुःख व्यक्त गर्दै भन्नुभयो, ‘सहकारी संस्था सुशासनमा सञ्चालन हुनुपर्छ । सुशासनमा सञ्चालन गर्न नसक्दा जेल जानुपर्ने अवस्था आउन सक्छ ।’
तर, सुशासनमा सञ्चालन गर्ने सके जतिसुकै ठूलो हुँदा पनि केही समस्या नआउने बताउनुभयो । सानो होस् वा ठूलो तर वित्तीय सुचाङ्क भने राम्रो हुनुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै सहकारी ऐन, नियमावलीमा भएको व्यवस्था एक व्यक्ती एक सहकारी सदस्य कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । ‘सहकारीको मुख्य उद्देश्य भनेको सदस्य सन्तुष्टि हो’, उहाँले भन्नुभयो, ‘उत्कृष्ट सेवा जुन सहकारीले दिन्छ, त्यही सहकारी सदस्यले रोज्दछन् ।’
त्यस्तै जिल्ला सहकारी संघ, काठमाडौंका महासचिव मनोज भण्डारीले संस्था सफल र उत्कृष्ट हुन वित्तीय सुचाङ्क राम्रो मात्र भएर नहुने बताउनुभयो । संस्थाले प्रदान गर्ने सेवा सुविधा, सहुलियत कर्जा, शिक्षा, तालिम महत्वपूर्ण कुरा हुने उहाँको भनाई थियो ।
पछिल्लो समयमा सहकारीको सेवा केन्द्र खोल्ने होडबाजी चलेको बताउनुहुँदै भण्डारीले यसले राम्रो नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी कुन दिशामा गएको छ?, सेवा केन्द्र खोल्ने होडबाजी, ठुलो कारोबार गर्ने के यही हो त सहकारीको मर्म ?’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार