शिवश्री बहुउद्देश्यीय सहकारीको ५औं साधारण सभा सम्पन्न
काठमाडौं : अनामनगर स्थित शिवश्री बहुउद्देश्यीय सहकारी संस्थाको ५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष भीमप्रसाद तिमिल्सिनाकाे सभापतित्वमा सम्पन्न साधारण सभाले विभिन्न प्रतिवेदन उपर छलफल गरि सम्पन्न गरेकाे हाे । सभाले पुन: भीमप्रसाद तिमिल्सिनालाई अध्यक्षमा निर्विरोध चयन गरेकाे छ ।
सभामा सञ्चालक समितिकाे तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले सहकारी मूल्य, मान्यता र सिद्धान्तहरुकाे अनुसरण गर्दै सदस्यलाई सेवा प्रवाह गर्दै आएकाे बताउनुभयो ।
एक संस्था एक सदस्य नीतिलाई आत्मसाथ गर्दै आएकाे संस्थामा हाल ३ सय ५ जना सेयर सदस्य रहेका छन् । आर्थिक वर्ष २०७७/७८ काे असार मसान्तसम्ममा संस्थाकाे सेयर पुँजी ४ कराेड ८६ लाख ९४ हजार ४ सय रहेकाे छ ।
संस्थाले यस अवधिमा २७ कराेड ८६ लाख ९८ हजार बचत संकलन गरि २५ कराेड ५३ लाख ४८ हजार लगानी गर्न सफल भएकाे छ । ९० लाख २ हजार खुद नाफा गरि ९ लाख २ सय रुपैयाँ राजश्वमा याेगदान गरेकाे छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत बाेधन कुमार थापाले समाजमा छरिएर रहेका सानाे सानाे पुँजीलाई संकलन गरि उत्पादनमूलक र व्यवसायिक क्षेत्रमा समुचित तरिकाले परिचालन गर्न हरसम्भव प्रयास गरिरहेकाे बताउनुभयो । चालू आर्थिक वर्षमा संस्थाकाे सेयर पुँजी ५ कराेड र कुल वासलात ४३ कराेड ६६ लाख ९५ हजार २ सय २७ पुर्याउने लक्ष्यका साथ संस्था अघि बढेकाे बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार