चन्द्रागिरि साकोसको सेवा अब ललितपुरमा, शुभतारा सेवा केन्द्रको उद्घाटन
ललितपुर : काठमाडौंको थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको सेवा ललितपुरमा पनि विस्तार भएको छ । संस्थाले घटस्थापनाको दिन पारेर ललितपुरमा शुभतारा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
साविक शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण प्रकृया सम्पन्न भई उक्त सेवा केन्द्र उद्घाटनसँगै सञ्चालनमा आएको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
उक्त सेवाकेन्द्रबाट थप २ सय १० नयाँ व्यक्तिहरुले सदस्यता लिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा खुसी व्यक्त गर्दै सहकारी क्षेत्रको छबी राम्रो बनाउन पनि योगदान रहने गरी अगाडि बढ्नु भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महामञ्जुश्री आवास विशिष्टीकृत सहकारी संघका अध्यक्ष मुकुन्दप्रसाद दहाल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र नेपाल पर्यटन केन्द्रिय सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले चन्द्रागिरिलाई बधाई र शुभकामनासहितको मन्तव्य राख्नु भएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजना बारे प्रस्तुतीकरण राख्नु भएको थियो ।
त्यस्तै संस्थाका सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक ऋषिराम घिमिरेले चन्द्रागिरि र शुभताराको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गर्नुको साथै अध्यक्ष योगेन्द्र कुँवरले उक्त क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने विषयमा प्रकाश पार्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार