हाम्रो एकीकृत साकोसको चौथो साधारण सभा सम्पन्न
काठमाडौं : काठमाडौंको स्वंयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको चौथो साधारण सभा आज सम्पन्न भएको छ ।
असोज १५ गतेबाट हरेक सेवा केन्द्रहरुमा सुझाव र उपस्थिति गराउँदै सुरु भएको साधारणसभा आज निर्णय प्रमाणित सभा गरी आज समापन गरिएको हो ।
संस्थाले हरेक सेवा केन्द्रमा सदस्यलाई उपस्थिती गराई साधारण सभाको छलफल गरी सुझाव संकलन गरेको थियो । २० गते संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र हरेक सेवा केन्द्रका प्रतिनिधि सदस्यहरू बीच विभिन्न प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन हरु पारित गरिएको थियो । उक्त सभा र सेवाकेन्द्र बाट छनौट भएर आएका प्रतिनिधि सदस्यहरुले पसभाको अन्तिम दिन आज साधारण सभाको निर्यय पुस्तिकामा हस्ताक्षर गरी साधारण सभा समापन गरिएको हो ।
३५ करोडको वासलात रहेको संस्थाको सेयर सदस्य ८ हजार ६ सय रहेको छ । हाल संस्थाले ८ वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।
चालु आर्थिक वर्षमा संस्थामा १३ हजार ९ सय सदस्य आवद्ध गराउने र ६६ करोड वासलात पुर्याउने वित्तीय लक्ष्य बोकेको छ । 
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार