नेचुरल सहकारीको साँखु सेवा केन्द्र आफ्नै भवनमा, एटिएम बुथ पनि सञ्चालनमा
काठमाडौं : गोकर्णेश्वर–६, जोरपाटीमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको साँखु सेवा केन्द्रले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । आज (घटस्थापना) एक कार्यक्रमको बीच संस्थाको भवन उद्घाटन गरिएको छ ।
शंखरापुर–६, साँखुमा निर्मित नेचुरल सहकारी भवनको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर सुर्बण श्रेष्ठले गर्नुभएको हो । भवन उद्घाटन सँगै एटिएम बुथको समेत उद्घाटन मेयर श्रेष्ठले गर्नुभएको थियो ।


भवन तथा एटिएम बुथ उद्घाटन कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, संस्थाका अध्यक्ष शर्मिला अमात्य, सचिव तथा प्रमुख कार्यकारी विकल्प पाठक, शंखरापुर–६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, स्थानीय विशिष्ठ व्यक्तित्व, संस्थाका सञ्चालक, कर्मचारी, सेयर सदस्य र स्थानीयको उपस्थिती रहेको थियो ।

भवन उद्घाटन पछि मेयर श्रेष्ठले नेचुरल सहकारी शंखरापुर नगरकै उत्कृष्ठ सहकारी रहेको बताउनुभयो । कारोबार, सदस्य सेवा, संस्थाले गरेको सामाजिक काममा संस्था उत्कृष्ठ रहेको बताउनुभयो ।
संस्थाको साँखु सेवा केन्द्रबाट २ हजारभन्दा बढी सदस्यले सेवा लिदै आएको छ । नेचुरल सहकारीले साँखुमा सेवा केन्द्र स्थापना गरेको केही दिन अघि मात्र चार वर्ष पुरा गरेको थियो ।

संस्थाका प्रमुख विकल्प पाठकले सदस्यहरुको साथले नै आफ्नै भवनबाट कारोबार शुभारम्भ गर्न सम्भव भएको बताउनुभयो । संस्थाले प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिँदै सदस्यको साथमा संस्था रहेको समेत पाठकले बताउनुभयो ।



अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार