जेष्ट बचतको १३औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ५२ करोड
काठमाडौं : जेष्ट बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न गरेको छ ।
साधारण सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षले पेश प्रस्तुत गरेका प्रतिवेदनहरु, आ.ब. २०७७÷०७८ को लेख परीक्षण प्रतिवेदनहरु, लेखा समितिको प्रतिवेदनहरुलाई सभाले पारित गरेको छ ।

आर्थिक वर्ष २०७७ ०७८ असार मसान्तसम्म संस्थाको शेयर पूँजी ११ करोड ३२ लाख ५० हजार २ सय, बचत (निक्षेप) १ अर्र्ब ७७ करोड ६ लाख २० हजार ४७ रुपियाँ १० पैसा मात्र, जगेडा तथा अन्य कोष ११ करोड ८७ लाख ४३ हजार ४५१ रुपियाँ ३९ पैसा, कर्जा जोखिम कोष ६ करोड ५७ लाख १६ हजार ७४४ रुपियाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी नगद तथा मौज्दात २७ करोड ९५ लाख १५ हजार ६३२ रुपियाँ ७० पैसा, कर्जा तथा सापटी २ अर्ब ५ करोड ८९ लाख १० हजार २७४ रुपियाँ ८५ पैसा, स्थिर सम्पती १३ करोड ५ लाख ३२ हजार ३३१ रपियाँ २० पैसा, नाफ नोक्सान (आयकर अघि) १ करोड ४९ लाख ९ हजार ६ सय ९० रुपियाँ ४६ पैसा, लगानी हिसाब ३ करोड ४४ लाख ९६ हजार मात्र सभामा जानकारी गराईएको थियो ।
संस्थाले कुल २ अर्ब ५२ करोड ४१ लाख ३४ हजार ७४० रुपियाँ २५ पैसाको कारोबार गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार