सहकारी कथाः आदेश !
अध्यक्षः व्यवस्थापकलाई फोनमा आदेश दिँदै भन्छन्, राजन जी आज मेरो सालो कृष्ण आउँछ अफिसमा ! उस्को नाममा ५ लाख तमसुक गरी पठाईदिनुहोला । धेरै अलमल नगरीदिनु होला ।
व्यवस्थापक : तमसुक मात्र गर्ने सर अहिले?
अध्यक्षः पैसा पनि दिई पठाउनु होला !
व्यवस्थापक : सर पैसा त कसरी दिन मिल्छ र फाईल आउनु पर्यो । ऋण उपसमितिले पास गरेर दिनु पर्यो । फाईलमा सबै कागजात पुग्नु पर्यो । प्रकृया नपुगी कसरी दिनु मैले?
अध्यक्ष : कति लामो कुरा गरेको तपाईले ? अध्यक्षले भनेपछि खुरुक्क गर्नु न । किन विनाकारण टाउको दुखाउनु हुन्छ !
व्यवस्थापक : अध्यक्ष ज्यु यो आदेश हो?
अध्यक्ष : राजन जी तपाईं जे सम्झनुस् ! काम चाहिँ गरेर पठाउनुहोला आउँदै छ अफिस मेरो सालो !
व्यवस्थापक : अध्यक्ष ज्यु कहिले सचिवले फोन गरेर यो मेरो मान्छेको काम गर्नु भन्नू हुन्छ । कहिले कोषाध्यक्षले कहिले संचालक जो कोहिले मेरो मान्छेको काम गर भनेर आदेश दिनुहुन्छ । तपाईहरुको आफन्तको काम गर्दिन भनेको होइन नियमानुसार गर्छु भन्दा आदेश दिनुहुन्छ । आदेश मानेर काम गरे अहिले असुलीमा त्यहीँ समस्या भएको छ । सर, फोन गर्दा तपाईका नातेदारहरुले जागिर खान मन छ की छैन भनेको धेरै पटक सुने !
अध्यक्ष ज्यु मैले यो सहकारीलाई नियमानुसार चलाउन धेरै मेहनत गरे ! नीति कार्यविधि बनाएँ । यो साधारण सदस्य जो सन्चालक समिति, अन्य उप समितिको नातेदारभन्दा बाहिरको सदस्यलाई मात्र लागू हुने भयो ।
अध्यक्ष : तपाईले यति धेरै कुरा किन सुनाउनुहुँदै छ ?, समयमा तलब पाउनु भएको छ नै?, तपाईलाई केही रोकतोक छैन आफू खुसी काम गर्नु भएको छ के चाहियो यो भन्दा धेरै?
व्यवस्थापक : सर मैले आफ्नो अमुल्य समय दिएको छु यो सहकारीमा त्यस बापत तलब लिए । उपलब्धि केही हुन सकेन दुःख लागेको छ । मैले गर्न सक्ने काम गर्न पाएन हरेक समय तपाईहरुले आदेश दिनु भयो । सधै मेरो सहकारी हो भनेर नातागोताहरुको सामु छाती फुलाउँदै हिड्ने हजुरको टिमले कहिल्यै बुझ्ने कोसिस गर्नु भएन सहकारी भनेको के हो ?, सदस्यको मर्म केहो ?, नीति के हो ?, नियम के हो ?, कार्यविधि के हो ?, संस्थाको हित कसरी हुन्छ ?
अध्यक्ष : राजन जी तपाईले सिकाउन पर्दैन मलाई सहकारी कसरी चलाउन सकिन्छ । मैले बुझेको छु तपाईलाई मेरा मान्छेको काम गर्न किन मन लाग्दैन ?
व्यवस्थापक : सर मलाई केही भन्नू छैन हजुरको टेबलमा मेरो राजिनामा भोली बिहान १० बजे पुग्ने छ । आफू अनकुल चल्न सक्ने म्यानेजर खोज्नुहोला र म जानूभन्दा पहिले आफुले पाएको सबै जिम्मेवारी हस्तान्तरण गरेर सिकाउनु पर्ने केही कामहरु सिकाएर जानेछु ।
अध्यक्ष : तलब दिएपछि तपाईं जस्तो म्यानेजर अरु नी पाउँछ तपाईको जो मर्जी ।
यो कथाले केही आन्तरिक कुराहरुको उठान गर्न खोजेको छ । कोही व्यक्ति या संस्थालाई प्रत्यक्ष रुपमा जोड्न खोजेको होइन यस्ता समस्या अझै पनि छन् यी कुरा सबैले बुझेका छौं । सहकारी मेरो, हैन हाम्रो हो । सहकारी नाता र कृपाबाट हैन समुदायको विश्वास र सदस्यको साथले सञ्चालन हुन जरुरी छ । यहीँ कुरा बुझौ र अरुलाई पनि बुझाउँ ।
जय सहकारी !
लेखक : सीमा पुरी
अध्यक्ष, सज्जन महिला साकोस, काठमाडौं
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार