१८ भदौ २०८३, बिहिबार

पाेखरा साकाेसकाे सिइओमा बुद्धिप्रसाद तिवारी, बैंकिङ क्षेत्रमा २० वर्षकाे अनुभव

२०७८ असोज १९, मङ्गलबार
पाेखरा साकाेसकाे सिइओमा बुद्धिप्रसाद तिवारी, बैंकिङ क्षेत्रमा २० वर्षकाे अनुभव

कास्की : पोखरा बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बुद्धिप्रसाद तिवारी नियुक्त हुनुभएको छ ।

संस्था सञ्चालक समितिको बैठककाे निर्णयबाट उहाँ ४ वर्षको लागि नियुक्त हुनुभएको हाे । कात्तिक १ गतेदेखि लागू हुनेगरी ४ वर्षे कार्यकालको लागि तिवारीलाई नियुक्त गरिएको संस्थाका अध्यक्ष ई. सुरेन्द्र बहादुर गोदारले जानकारी दिनुभयाे ।

तिवारीसँग २० वर्ष एभरेष्ट बैंकको विभिन्न पदमा रही काम गरिसकेको अनुभव छ । उहाँले बिगत २ वर्षदेखि साँग्रिला डेभलपमेन्ट बैंकमा गण्डकी प्रदेश प्रमुख भएर काम गर्दै आउनुभएको थियाे ।

संस्थाको कारोबारमा वृद्धि, केन्द्रीय कार्यालय सहित दुई वटा सेवा केन्द्र बिस्तार, शेयर सदस्यमा बृद्धि भइरहेको अवस्थामा बैकिङ क्षेत्रमा लामो अनुभव सँगालेका तिवारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको अध्यक्ष गोदारले बताउनुभयाे ।

वि.सं. २०५९ वैशाख १२ गते स्थापित सहकारीमा हाल ४ हजार ७२ शेयर सदस्य छन् । कुल ९ करोड ४२ लाख ६२ हजार शेयरपुँजी, ८० करोड निक्षेप र ८७ करोड लगानी रहेको सहकारीले आ.व. २०७७/०७८ मा दुई करोड २९ लाख ६३ हजार खुद मुनाफा आर्जन गर्न संस्था सफल भएको छ ।

पोखरा–९, नयाँबजारस्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको सहकारीले पोखरा–८, सिर्जनाचोकमा रहेको सेवाकेन्द्रबाट आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमै पोखरा–१०, अमरसिंहचोकमा अर्को सदस्य सेवाकेन्द्र विस्तार गर्नै तयारी संस्थाले गरेकाे छ ।

कास्की जिल्ला भर कार्यक्षेत्र रहेको सहकारीमा १६ जना कर्मचारी कार्यरत छन् ।

अभिलेख

लोकप्रिय