८ अर्बकाे ठगीमा ४६ कराेडकाे मात्र प्रमाण, थप प्रमाण बाेकेर सिआइबी जाँदै सदस्य
काठमाडौं : प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सिआइबी)ले सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ ।
सहकारीको सदस्यकाे अर्बौं बचत रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् । तामाङसहित सबैलाई उनीहरुकै कार्यालयबाट पक्राउ गरेको हो ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । उनीहरु पक्राउ परेपछि पीडितहरु मंगलबार नै थप उजुरी लिएर प्रहरीसमक्ष पुग्ने तयारी गरेको छ । त्यसपछि मात्र सिभिल सहकारीले कति ठगी गरेको भन्ने पुष्टि हुन्छ ।
सिआइबीका अनुसार तामाङसहित २८ जना विरुद्ध सिआइबीमा उजुरी छ । प्रारम्भिक चरणमा ७५ जनाले उजुरी दिएका छन् । आज थप पिडित सदस्यले उजुरी दिने तयारी गरेका छन् ।
उनीहरुलाई सम्पति सुद्धिकरणमा समेत छानबीन गर्ने सिआइबीको तयारी छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार