१८ भदौ २०८३, बिहिबार

श्रोत परिचालन साकोसको २४ औं साधारण सभा सम्पन्न, १३.५ प्रतिशत लाभांश पारित

२०७८ असोज १७, आईतवार
श्रोत परिचालन साकोसको २४ औं साधारण सभा सम्पन्न, १३.५ प्रतिशत लाभांश पारित

धादिङ : श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले असोज ४ गतेदेखि सदस्यहरुलाई दैनिक ५ सय सदस्यका दरले प्रतिवेदन वितर, सुझाव संकलन गरेको थियो । शनिबार औपचारिक सभा गरी प्रतिनिधिमूलक साधारण सभा गरेको थियो । साधारण सभाको विभिन्न माध्यमबाट समेत लाईभ समेत गरिएको थियो ।

५ हजार ३ सय ७५ जना शेयर सदस्य रहेको संस्थाको कुल वासलात ४४ करोड २७ लाख पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २३ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सो अवधिमा ५ करोड १२ लाख ५९ हजार शेयर पुँजी रहेको संस्थाको ऋण लगानी २६ करोड ८२ लाख २१ हजार १९ रुपैयाँ लगानी गर्न सफल भएको थियो ।

साधारण सभाले सदस्यहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै संस्थाको अध्यक्ष प्रदिप अधिकारी को अध्यक्षता र सल्लाहकार नवराज शर्माको प्रमुख आतिथ्यता, सल्लाहकार कृष्ण कुमार श्रेष्ठ तथा कानुनी सल्लाहकार टंक कुमार श्रेस्ठको विशेष आतिथ्यातामा सभा सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नवराज शर्माले शेयर सदस्यको संख्या वृद्धि गर्नुभन्दा पनि उनिहरुको आय स्तर वृद्धि गर्नको लागि ध्यान दिनुपर्ने बताउनुभयो । पहिलेको भन्दा सहकारीमा आवद्ध भईसकेपछि शेयर सदस्यको जीवन स्तर उकासिएको हुनुपर्ने उहाँको भनाई थियो । नेतृत्व विकास, क्षमता विकासका कार्यक्रमहरु पनि सहकारीले निरन्तर गर्नुपर्ने बताउनुभयो ।

सभामा संस्थाका सचिव कविता थापा अधिकारीले वार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष रुद्र बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा असल ऋणी सदस्य, असल कारोवार गर्ने सदस्य तथा सस्थाको उत्कृष्ट बाल बचतकर्ता पुरस्कृत गरिएको थियो ।

अभिलेख

लोकप्रिय