१८ भदौ २०८३, बिहिबार

प्राइम सहकारी संस्थाको अध्यक्षमा शंंकर कार्की

२०७८ असोज १७, आईतवार
प्राइम सहकारी संस्थाको अध्यक्षमा शंंकर कार्की

कास्की : पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्थाको अध्यक्षमा शंंकर कार्की निर्वाचित हुनुभएको छ । संस्थाका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको १२ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो ।

त्यस्तै संस्थाकोृ उपाध्यक्षमा दिपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जिव तिमल्सेना निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दिप अर्याल, रोसन मर्हजन, रामजी ध्वजु चयन हुनुभएको छ । लेखासमिति संयोजकमा अनिरुद्र पौडेल र सदस्यमा गंगाराम शर्मा र धनकुमारी गुरुङ रहनुभएको छ ।

साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ ।

१ हजार ६ सय सदस्य रहेको सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर हो भने सेवा केन्द्र २ वटा छन् । सहकारीले कृषि क्षेत्रमा पनि काम गरिरहेको छ ।

अभिलेख

लोकप्रिय