आश्रय बहुउद्देश्यीय सहकारीको अध्यक्षमा प्रेम कृष्ण मानन्धर
काठमाडौं : काठमाडौंको ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको आफ्नै भवनमा सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।
सभाले प्रेम कृष्ण मानन्धर को अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा बिश्व कल्याण बड्गामी र सदस्यहरुमा रमेश ध्वज बस्नेत, शान्त श्री रत्न बज्राचार्य, बिजय लाल श्रेष्ठ, किरण रत्न शाक्य, सोनी बज्राचार्य चयन हुनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा बिमल श्रेष्ठ र सदस्यहरुमा शुर्बण लाल प्रधान र प्रबिण बहादुर सिंह रहनुभएको छ ।
आ.व. २०७७÷०७८ को अन्तसम्ममा संस्थाको शेयर पूँजी २ करोड ६५ लाख ३३ हजार ६ सय रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा १ करोड ३८ हजार रहेको छ । यस अवधिमा बचत (निक्षेप) २४ करोड ३२ लाख ७२ हजार, ऋण लगानी १५ करोड ३० लाख ८७ हजार रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार