अनर्गल प्रचारले श्री लालिगुराँस सहकारीलाई कुनै असर छैनः अध्यक्ष श्रेष्ठ
ललितपुर : श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले संस्था विरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको बताउनुभएको छ ।
संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा संस्थाको विषयमा भएको टिकाटिप्पणी आधारहिन छ । यसले सदस्य र संस्थालाई कुनै असर पुगेको छैन ।’
सदस्यहरुको अटुट मायाको कारण संस्था थप उचाईमा पुग्न सफल भएको उहाँको भनाई थियो । उहाँले थप भन्नुभयो, ‘हामी यो विश्वस्त दिलाउन चाहन्छौ की जनताको सेवामा समर्पित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैभ कदर गर्नेछौं ।’ संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले करिब २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताउनुभयो ।
ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘हामी कानुनको विरुद्धमा कोहीपछि अघि बढ्न सक्दैन । महानगरपालिकासँग भएको मुद्धा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कानुन अनुसार नै अघि बढ्नेछौं ।’
दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमाडौंकोे चाबाहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । गतवर्ष देखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ । संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सय सय भन्दा बढी प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचय बनाउन सफल भैसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्यक्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज प्रा.लि., डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रसोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।
संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा देशको विभिन्न जिल्लाहरु र राजधानीको केही उपयुक्त स्थानहरुमा थप संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिनुभयो ।
उहाँले संस्थाप्रति भएको अनर्गल प्रचारले कुनै असर नपरेको उल्लेख गर्दै सम्पुर्ण शेयर सदस्यको असिम मायाको कारण हालसम्म उत्कृष्ठ सहकारीको रुपमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ठ उद्योगको रुपमा विकास गर्ने जानकारी दिनुभयो ।
आगामी दिनहरुमा यस संस्थाबाट सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधाहरु थप प्रभावकारी रुपमा प्रदान गरिने व्यहोरा समेत उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार