श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी २३औं वर्षमा प्रवेश
ललितपुर : पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ । २०५६ साल भदौ १८ गते तत्कालिन डिभिजन सहकारी कार्यालय, ललितपुरमा दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको थियो ।
सहकारी क्षेत्रमा कुल कारोबार, चुक्ता पूँजी, मुनाफा आर्जन तथा नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा अग्रणी स्थानमा संस्था रहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षाक्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।
हाल संस्थाको कार्यक्षेत्र २६ जिल्ला रहेको छ । ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराई रहेको छ ।
संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालिम प्रदान गर्दै आईरहेको छ । संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन उपत्यका भित्र विभिन्न स्थानमा र उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा सेवाहरु विस्तार गर्ने योजना अघि सारेको छ ।
संस्थामा हाल करिब २५ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार