१८ भदौ २०८३, बिहिबार

बुडोल सामुदायिक साकोसद्वारा १८९ जना ज्येष्ठ सदस्यलाई सम्मान

२०७८ असोज १५, शुक्रबार
बुडोल सामुदायिक साकोसद्वारा १८९ जना ज्येष्ठ सदस्यलाई सम्मान

काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १८९ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । अन्तर्राष्टि‌‍«य ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको हो ।

संस्थाको मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयहरुमार्फत ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगद उपहार हित सम्मान गरेको हो । कार्यालयसम्म आउन नसक्ने सदस्यलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर समेत सम्मान गरिएको थियो ।

संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजना र व्यवस्थापनमा संचालित कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, सेवा केन्द्र ब्यवस्थापन उपसमिति र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

संस्थाले विगत १८ वर्षदेखि हरेक वर्ष आफ्नो वार्षिक कार्यक्रममा बजेट छुट्याएर ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको छ ।

अभिलेख

लोकप्रिय