सराङ्गकोट बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कृष्ण बहादुर थापा
पोखरा : सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समितिको सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा वसन्त बहादुर बानियाँ, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेर बहादुर थापा, बुद्ध गुभाजु, विकल पौडेल र तारा थापा, लेखा समिति संयोजक शिवबहादुर बानिया, शिव बहादुर थापा, मनहरी भण्डारी रहनुभएको छ ।
वि.स. २०६३ मा स्थापित सहकारीले रेडियो सराङ्गकोटको सञ्चालन, बचत तथा ऋण मार्फत ४४ करोड लगानी, ५२ करोड बचत, मुनाफा १ करोड ६० लाख गरेको छ । सो साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार शहरी विकास तथा सामाजिक मन्त्री कुमार खड्काले गर्नुहुँदै सहकारी गतिविधिमार्फत आम समुदायले आर्थिक कारोबार सहज बनाएको बताउनुभयो ।
सहकारीमा सदस्यता विवादमा बैंकमा जति खाता खोले पनि हुने, सहकारीमा व्यक्तिको पहुँचमा किन कडाई भन्दै मन्त्री खड्काले यसलाई उचित नियम बनाई सबैको सहज हुने कार्य हुनुपर्ने बताउनुभयो । रेडियोका प्रबन्ध निर्देशक कमलनयन गौतमले रेडियोमार्फत सेवामुखी सामाजिक कार्यहरु गरिने बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष शुसिलराज पराजुलीले संस्थामार्फत भएका गतिविधिले आम समुदायलाई फाइदा पुगेको बताउनुभयो । त्यस्तै संस्थाका सल्लाहकार सोभियतबहादुर अधिकारीले संस्था सँधै सकृय रहनु सबैलाई समेट्नु महत्वपूर्ण रहेको बताउनुभयो। संस्थाका अध्यक्ष प्रेमबहादुर जिसिको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार इन्द्रकमल मानन्धर, निर्वाचन संयोजक चिन्तामणि बाँस्तोला, गणेशबहादुर अधिकारी, सम्मानित व्यक्तित्व हेडम्बराज पराजुली, सल्लाहकार दुर्गाबहादुर सुनार, उपाध्यक्ष वसन्तबहादुर बानियाँ, सचिव कृष्ण थापा, कोषाध्यक्ष मिनबहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र थापा, ऋण समिति संयोजक रामचन्द्र थापा, शिक्षासमिति संयोजक विकल पौडेल, महिला समिति संयोजक आरती श्रेष्ठ, सञ्चालक सदस्य रमेशकुमार थापा लगायतले संस्थाको विविध गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संस्थाको विकास तथा सामाजिक क्षेत्रमा पु¥याएको कदरस्वरुप समाजसेवी सम्मान हेडम्बराज पराजुली, कर्मचारीतर्फ शुसिला परियार, डोल्मा तामाङ्ग, कारोबारतर्फ ध्रुवकुमार सुनचौरी र मौना परियार दर्जीलाई सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार