१८ भदौ २०८३, बिहिबार

देशका कुना काप्चामा सहकारी पुर्याउँः गृहमन्त्री खाण

२०७८ असोज १४, बिहिबार
देशका कुना काप्चामा सहकारी पुर्याउँः गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले देशका कुना काप्चामा सहकारी अभियानलाई पुर्याउनु पर्ने बताउनुभएको छ । नेपालको समग्र विकासको लागि सहकारी महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै मन्त्री खाणले नेपालका हरेक जनतालाई सहकारीले समेट्नुपर्ने बताउनुभयो ।

‘नेपाल सरकार सहकारीप्रति सधै सकारात्कम छ’, उहाँले भन्नुभयो, ‘बजेटमा पनि सहकारीलाई महत्वपूर्ण स्थान दिएको छ ।’

साना साना पुँजी संकलन गर्ने र संकलित पुँजीलाई चलायमान बनाउन सहकारीले खेलेको भूमिको प्रशांसा गर्नुभएको थियो । यसबाट जनता र राज्य दुबै क्षेत्रलाई योगदान पुगेको उहाँको भनाई थियो ।

यसैबीच मन्त्री खाणले गरिवी निवारणमा सहकारी क्षेत्रको योगदान (प्रदेश नं. १ र २) अध्ययन प्रतिवेदन सार्वजनिकीकरण गर्नुभएको थियो । नेपाल सरकारको आर्थिक सहयोग र काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी महासंघले प्रतिवेदन तयार गरेको हो ।

अभिलेख

लोकप्रिय