१८ भदौ २०८३, बिहिबार

सहकारी संस्थाले ‘सहकारी बैंक’बाट नयाँ नोट साट्न सक्ने

२०७८ असोज ११, सोमबार
सहकारी संस्थाले ‘सहकारी बैंक’बाट नयाँ नोट साट्न सक्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रमा समेत नयाँ नोट प्रवाह गर्ने उद्देश्यले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट उपलब्ध गराएको छ ।
राष्ट्र बैंकले २३ करोड ५० लाख रुपैयाँ बराबरको नयाँ नोट सहकारी बैंकलाई उपलब्ध गराएको छ । सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराइरहेको छ ।

उपत्यकाका शाखा कार्यालयबाट बैंकले सहकारीलाई नयाँ नोट साट्ने सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

कारोबारका आधारमा एकदेखि डेढ लाखसम्म नयाँ नोट साट्न पाउँछन् । यद्यपि, सदस्यको संख्याको आधारमा बढीमा दुईदेखि साढे दुई लाखसम्म साट्ने सुविधा प्रदान गरिएको समेत बैंकले जनाएको छ ।

यता राष्ट्र बैंकले गत असोज ४ गतेदेखि बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट साट्ने व्यवस्था प्रदान गर्दै आएको छ । दसैँ नजिकिएसँगै यतिखेर बैंक तथा वित्तीय संस्थाहरुमा नोट साट्नेहरूको तीब्र भीड लाग्ने गरेको छ ।

अभिलेख

लोकप्रिय