कुमारी साकोसको १८औं साधारण सभा सम्पन्न, कुल कारोबार १ अर्ब ७० करोड नाघ्यो
काठमाडौं : कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले १८औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सीमित भौतिक उपस्थिति र भच्र्युवल माध्यमबाट सभा सम्पन्न गरेको गरेको छ ।
सभामा संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले संस्थाको आर्थिक वर्ष ०७७/७८ को प्रगति प्रतिवेदन तथा आव ०७८/७९ को नीति, कार्यक्रम तथा वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्था पूर्ण प्रविधिमैत्री बनेको र देशभरिका कुनैपनि बैंकको एटिएम मार्फत संस्थाको सेवा लिन सकिने जानकारी गराए ।
संस्थाले संचालन गरेको एसएमएस मोबाइल बैंकिङ, एटिएम सेवा प्रयोग गर्न सदस्यलाई आग्रह गरे । उनले संस्थाले सदस्यलाई आर्थिक कारोबारमा मात्र सहभागीता नगराएर उनीहरुको सामाजिक र साँस्कृतिक पक्षमा पनि सहयोग गरेको बताए । उनले भने सदस्यको नवजात शिशुको नाममा निशुल्क खाता खोल्ने, बाल बचतकर्ताहरुकालागि जन्मदिनको उपहार प्रदान गर्ने, मृत सदस्यको परिवारकालाई ५ हजार राहत दिने कार्यलाई निरन्तरता दिएको छ ।
त्यसैगरी सदस्यलाई घातक रोग लागेर आपतमा ५० हजार सम्म उपचार खर्च सहयोग गरेको जानकारी दिए । संस्थाले यस आवमा ८ करोड २९ लाख ७९ हजार रुपैयाँ शेयर पूंजी, १ अर्व ५१ करोड १९ लाख १८ हजार १ सय ४९ रुपैंया बचत संकलन रहेको जानकारी गराए ।
त्यसैगरी संस्थाले आर्थिक वर्ष ०७७/७८ मा १ अर्व २० करोड ८ लाख ५९ हजार ७ सय ९० रुपैंया ऋण लगानी गरेको जानकारी दिए । १ अर्व ७० करोड ५२ लाख १५ हजार ९ सय ९८ रुपैंयाको कुल कारोबार गरेको संस्थाले १ करोड २३ लाख ५० हजार ४ सय १० रुपैंया खुद नाफा गरेको छ ।
संस्थाका जेष्ठ नागरिक सदस्य मंगलराज केसी को प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा संस्थाका लेखा समिति संयोजक किरणकुमार श्रेष्ठले आर्थिक वर्ष ०७७/७८को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संस्थाले जेष्ठ नागरिक सदस्य नरेश मान सिंह श्रेष्ठ, विश्वमणि ज्ञवाली, बलराम अधिकारी, कुमारी कमला गौतम तथा गायत्री कुमारी चालिसेलाई सम्मान गरेको छ । त्यसैगरी संस्थाले सक्रिय शेयर सदस्य सम्मानबाट गंगा रेग्मी न्यौपाने, विधा नायक मानन्धर, राजन प्रसाद तिमिल्सिना र इन्द्र कुमारी फैजुलाइ सम्मान गरेको छ ।
संस्थाले साधारण सभाको अवसरमा बाल बचतकर्ता सोफिया गिरी र सलिन बस्नेतलाइ सम्मान गरेको छ । त्यसैगरी संस्थामा लामो अवधि सेवा गर्ने कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा १५ वर्ष देखि निरन्तर कार्यरत नायब महाप्रबन्धक दिपेश कार्की सम्मानित भएका छन् । त्यसैगरी संस्थामा ५ वर्ष देखि कार्यरत कर्मचारी गंगा देवी गुरुङ्ग र राधिका दंगाललाई सम्मान गरेको छ । स्टाफ अफ द इयरको रुपमा संस्थाका कर्मचारी धनमाली खड्का, शंकर दंगाल र राजकुमार राउत प्रशंसा पत्र तथा नगद पुरस्कारबाट पुरस्कृत भएका छन् ।
संस्थाले चाबहिलस्थित आफ्नै भवनमा मुख्य कार्यालयका साथै कालीमाटी, ठमेल, साँखु र बालाजु सेवाकेन्द्रबाट सदस्यहरुलाई बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स, एटिएम लगायत विविध सेवा प्रदान गरिरहेको छ भने ३६५ दिने काउण्टर सेवा समेत दिइरहेकाे छ ।
सभामा अध्यक्ष न्यौपानेले संस्था एकिकरण, सेवाकेन्द्र विस्तारलगायतका विषयमाथि छलफल तथा निर्णय गरेको जानकारी गराए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार