१८ भदौ २०८३, बिहिबार

बुडोल सामुदायिकले सदस्यलाई १४.४२% लाभांश दिने

२०७८ असोज १०, आईतवार
बुडोल सामुदायिकले सदस्यलाई १४.४२% लाभांश दिने

काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कैलाश केसीको सभाध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव जयराम थापाले आर्थिक वर्ष २०७७/०७८ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष राधेश्याम केसीले आव २०७७/०७८ को आर्थिक प्रतिवेदन र आव २०७८/०७९ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फबाट सदस्य सन्तोष आचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा संस्थाको कुल सम्पत्ति १ अर्ब ४५ करोड १४ लाख, बचत संकलन १ अर्ब १६ करोड २० लाख र शेयर पूँजी १३ करोड २लाख ५२ हजार पुगेको छ ।

त्यसैगरी संस्थाको लगानीमा रहेको ऋण १ अर्ब २ करोड १२ लाख, संस्थागत पूँजी १० करोड २ लाख ७२ हजार तथा संचालन मूनाफा ४ करोड ९८ लाख १९ हजार रहेको छ ।

सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

सभासमक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि केसी, सल्लाहकार प्राध्यापक भोलाबहादुर केसी, सल्लाहकार अधिवक्ता नवराज बडाल र भैरव केसीले शुभकामना दिनुभएको थियो ।

अभिलेख

लोकप्रिय