२४ कात्तिक २०८३, मङ्गलबार

फोटोमा सामुदायिक साकोसको नयाँ बानेश्वर सेवा केन्द्र उद्घाटन समारोह

२०७८ असोज ९, शनिवार
फोटोमा सामुदायिक साकोसको नयाँ बानेश्वर सेवा केन्द्र उद्घाटन समारोह

काठमाडौं : पनौती–४, टौखाल, काभ्रेमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं सेवा केन्द्र काठमाडौंको नयाँ बानेश्वरमा स्थापना गरेको छ । संस्थाको यो काठमाडौंमा दोस्रो सेवा केन्द्र हो ।

शनिबार एक कार्यक्रमको बीच उक्त सेवा केन्द्रको उद्घाटन बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डेयले गर्नुभएको हो । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा लगायत सञ्चालक समिति, लेखा समिति, कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

फोटो फिचर

अभिलेख

लोकप्रिय